काठमाडौं क्षेत्र नम्बर २ बाट ओनसरी घर्ती

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेकपा माओवादी केन्द्रले काठमाडौं क्षेत्र नम्बर २ मा पूर्वसभामुख ओनसरी घर्ती मगरलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।

मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनका लागि सत्ता गठवन्धनको सिट भागवण्डामा माओवादीले काठमाडौं २ र ९ लिएको थियो । काठमाडौं २ मा ओनसरीसँगै कृष्णराज सुवेदी पनि उम्मेदवार बन्ने दौडमा थिए । तर पूर्व सभामुख घर्ती मगरलाई टिकट दिइएको छ ।

- Advertisement -
Ad imageAd image

निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताका आज हुँदैछ । निर्वाचन आयोगले मनोनयन दर्ताका लागि आज बिहान १० बजेदेखि ५ बजे सम्मको समय तोकेको छ ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्