राप्रपा नेपालका अध्यक्ष थापा ‘सूर्य’ चिन्हबाट लड्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं– एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मकवानपुर–१ बाट राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सघाउने सहमति गरेको छ । उक्त निर्वाचनमा अध्यक्ष थापालाई प्रतिनिधिसभा तर्फको मकवानपुर–१ मा एमालेको आधिकारिक उम्मेदवारका रूपमा ‘सूर्य’ चिन्हबाट लडाउने तयारी समेत भएको बताइउको छ ।

अध्यक्ष थापालाई एमालेले मकवानपुर–१ बाट प्रतिनिधिसभा तर्फको उम्मेदवारका लागि ‘सूर्य’ चिन्हबाट लड्ने गरी टिकट दिने सहमति भएको बताइएको छ ।

- Advertisement -
Ad imageAd image

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार अध्यक्ष थापाले भोलि एमालेको समर्थनमा प्रतिनिधिसभाका लागि मकवानपुर–१ मा उम्मेदवारी दर्ता गर्ने भएका हुन् । यस अघि सो क्षेत्रमा एमालेले रामेश्वर रानालाई उम्मेदवार बनाउने गरी टिकट दिएको थियो । उक्त निर्णय सार्वजनिक भएसँगै राप्रपा नेपालका अध्यक्ष थापा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्