सत्ता गठबन्धन र लोसपाबीच मधेस प्रदेशमा चुनावी तालमेल; अन्यमा मित्रवत् प्रतिस्पर्धा गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं– सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच मधेस प्रदेशमा मात्र चुनावी तालमेल गर्ने आज बालुवाटारमा सहमति भएको छ । मधेस प्रदेशमा प्रतिनिधिसभातर्फ ८ र प्रदेशसभातर्फ १६ सिट लोसपालाई दिने लगभग सहमति नै भएको जानकारी दिएको छ।
छलफलमा सहभागी रहेका नेता कर्णले मधेस प्रदेशमा चुनावी तालमेल गर्ने तथा अन्य प्रदेशमा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको बताए । सत्ता गठबन्धनबाट जसपा अलग भएपछि लोसपा त्यसमा सहभागी भएको थियो । गठबन्धनमा सहभागी भएपछि हिजोदेखि पटकपटक छलफल भैरहेको थियो । जसपाले भने नेकपा एमालेसँग चुनावी तालमेल गर्ने भएको छ । चुनावी तालमेलका लागि आफ्ना उम्मेदवारको टुग्यो समेत जसपाले लगाइसकेको छ ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad imageAd image

प्रतिक्रिया दिनुहोस्