एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार नबन्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि प्रतिनिधिसभाको उम्मेदवार नबन्ने भएकि छन् । संसदीय राजनीतिबाट बिदा लिने तयारी गरेको उनले अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार टेलिफोन गरेर जानकारी दिएको बताइएको छ । शाक्यको टेलिफोनपछि ओली विकल्प खोज्न लागेको जानकारी दिएको छ ।
एमाले शाक्यलाई काठमाडौं–८ बाट प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको थियो । अब नयाँलाई अवसर दिनुपर्ने भएकाले उम्मेदवार आफूले नदिने उनको दावी छ । टिकट वितरणको अधिकार ओलीलाई दिने निर्णय गरेको सचिवालय बैठकपछि पनि उपाध्यक्ष शाक्यले आफू चुनाव नलड्ने बताएकी थिइन् ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्