राप्रपा नेपालका अध्यक्ष कमल थापाले शूर्य चिन्ह बाट निर्वाचन लड्न नपाउने भएका छन् । नेकपा एमालेले मकवानपुर १ मा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई समर्थन नगर्ने लगभग निश्चित भएको छ ।
एमालेले मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा जिल्ला ईन्चार्ज रामेश्वर रानालाई टिकट दिएको छ । त्यस्तै क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रदेश सहसचिव महेश बर्तौलाले टिकट पाएका छन् ।
पूर्व राजा सँग असन्तुष्ट रहेका राप्रपा नेपालका अध्यक्ष थापाले पूर्व राजा ज्ञानेन्द्रको आलोचना गरेका थिए ।
ओलीलाई राष्ट्रवादी नेता भन्दै प्रसंसा गर्नेगरेका थापालाई अन्तत ओलीले स्वीकारेनन् । थापासँग सहकार्य गर्दा पूर्व राजा र उनका समर्थक विच्कने साथै पूर्व राजाको विशेष अनुरोधमा थापासँग तालमेल नगर्ने निर्णयमा पुगेको एमाले श्रोतले बतायो ।
त्यस्तै ज्ञानेन्द्र सँग निकट सम्बन्ध भएका राजेन्द्र लिंग्देन नेतृत्वको राप्रपा सँग भने एमालेले तालमेल गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्