एमालेले देउवा बिरुद्ध “देउवाका जानी-दुश्मन” कर्ण मल्ललाई सघाउने

पार्टीले कारबाही गरेपछि मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा दिएर  नेपाली कांग्रेस (वीपी) प्रवेश गरे । हाल उनी उक्त पार्टीको उपाध्यक्ष समेत हुन् ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

 नेकपा एमालेले डडेलधुरामा प्रधानमन्त्री एवम् कांग्रेस सभापति  शेरबहादुर देउवा बिरुद्ध कर्ण मल्ललाई समर्थन गर्ने निर्णय गरेको छ ।

डडेलधुरा कांग्रेसका पूर्व सभापति रहेका मल्ल देउवासँग विवाद भएपछि कांग्रेसबाट बाहिरिएका थिए । मल्ल अनुशासनको कारवाहीमा परेका थिए ।

- Advertisement -
Ad image

पार्टीले कारबाही गरेपछि मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा दिएर  नेपाली कांग्रेस (वीपी) प्रवेश गरे । हाल उनी उक्त पार्टीको उपाध्यक्ष समेत हुन् ।

नेपाली कांग्रेस (वीपी) गणतन्त्र, धर्मनिरपेक्षता , संघियता र नेपालको संविधान २०७२ प्रति असहमत राख्ने पार्टी हो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्