एमाले दोलखाबाट प्रतिनिधिसभामा बालकृष्ण शिवाकोटीले पाए टिकट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेले दोलखाबाट प्रतिनिधिसभा सदस्यमा बालकृष्ण शिवाकोटीलाई टिकट दिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकृष्णलाई टिकट दिएका हुन् ।

यसअघि संघमा जिल्लाका दुई शीर्ष नेता तथा पूर्वमन्त्रीहरु आनन्द पोखरेल र पार्वत गुरुङको चर्चा रहेकोमा नेता वालकृष्ण शिवाकोटीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

यसैगरी वाग्मती प्रदेशसभा १ नम्बर निर्वाचन क्षेत्रमा जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ र २ मा भीमेश्वर नगरपालिकाका पुर्व मेयर भरत केसीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । संघ र प्रदेशका तीनै जना उम्मेदवार संसदिय निर्वाचनका लागि नयाँ अनुहार हन् ।

शिवाकोटी संसदिय निर्वाचनका लागि नयाँ अनुहार र प्रतिष्ठित व्यवसायी समेत हुन् । एमालेको विभिन्न तहमा लामो समय काम गरेका उनको चुनावी प्रतिस्पर्धा भने पहिलो हुनेछ । अघिल्लो निर्वाचनमा प्रदेशसभामा आकांक्षा देखाएका उनले अन्तिम समयमा नेता पशुपति चौलागाईलाई छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array