कैलालीको भजनी क्षेत्रका करिब १ सय २५ घरधुरी डुबानमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – लगातारको वर्षाका कारण कैलालीको भजनी नगरपालिकाको अधिकांश क्षेत्र डुबानमा परेको छ । वर्षाले कान्द्रा र मोहना नदीमा आएको बाढी कारण भजनी नगरपालिकाका विभिन्न टोलहरू डुबानमा परेका छन् ।

बिहीबार रातिदेखि परेको वर्षाका कारण भजनी नगरपालिका २ पल्टापुर, मोहनपुर र तिनघरुवा टोलहरूमा करिब १२५ घरधुरी डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । त्यहाँको स्थानीय कान्द्रा नदीको बाढी पसेर पल्टापुरका करिब ४० घरधुरी डुबानमा परेका छन् ।

यस्तै, भजनी नगरपालिका वडा नम्बर ७ शिविर टोलका पनि ४० घरमा कान्द्रा नदीको बाढी पसेको छ । त्यसैगरी वडा नम्बर ८ का खल्ला टोल र पाण्डे टोलका ३७ घरधुरीमा पथरिया नदीको बाढी पसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

डुबान भएपछि त्यस क्षेत्रमा ९५ जना मानिसहरू पल्टापुरमा बसिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array