अन्तत: नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी गठबन्धन हुनेभएको छ । गठबन्धन तोडेर एमालेसँग गठबन्धन गर्नलागेको जसपाले २५ सीट पाउने भएको छ । आजै सहमतिमा हस्ताक्षर हुने बताइएको छ ।
जसपाले प्रदेश नम्बर १ बाट मोरङ र सुनसरीमा एक-एक सीट प्रतिनिधिसभामा पाउनेछ । जसपाले पहाडी धनुकुटा या कुनै अन्य जिल्लामा पनि एक सीट पाउनेछ ।
मधेस प्रदेश अन्तर्गत जसपाले सप्तरीमा २, सिरहामा २,धनुषामा १, महोत्तरीमा ३, सर्लाहीमा २, रौतहटमा २, बारामा २ र पर्सामा २ सीट पाउने छ । त्यस्तै बाग्मतीमा काठमाडौं क्षेत्र नम्बर ७ पाउने छ । लुम्बिनीमा पश्चिम नवलपरासी,रुपन्देही,बाँके र कपिलवस्तुमा एकएक सीट जसपाको भागमा परेको छ ।
जसपाका एक नेताका अनुसार आज राति अबेरसम्म वा शुक्रबार विहान एमाले र जसपाबीच लिखित सहमति हुनेछ ।
अहिले प्रदेश अन्तरगतको सिट बाडफाड भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्