दक्षिण कोरिया र अमेरिकी सेनाद्वारा समुद्रमा क्षेप्यास्त्र प्रहार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – उत्तर काेरियाकाे ‘खतरनाक एवं लापर्बाह’ परीक्षणकाे विराेधमा दक्षिण कोरिया र अमेरिकी सेनाले समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको छ ।

उत्तर कोरियाले जापानको आकाशमाथि क्षेप्यास्त्र प्रक्षेपण गरेको जवाफमा दक्षिण कोरिया र अमेरिकी सेनाले क्षेप्यास्त्र प्रहार गरेको सोलले बताएको छ । क्षेप्यास्त्रहरू सी अफ जापानको रूपमा चिनिने कोरियाली प्रायद्वीप र जापानबीचको पूर्वी सागरमा प्रहार गरिएको थियो ।

प्योङयाङले सन् २०१७ यता पहिलोपटक जापानको आकाश हुँदै प्रशान्त महासागरमा मंगलबार ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।

जवाफमा अमेरिका, जापान र दक्षिण कोरियाले शक्ति प्रदर्शन गर्दै सैन्य अभ्यास गर्दै आएका छन् । बुधबार दक्षिण कोरिया र अमेरिकाले अमेरिकी सेनाले बनाएको रणनीतिक क्षेप्यास्त्र प्रणालीको एक जोडी क्षेप्यास्त्र प्रहार गरेको एक विज्ञप्तिमा उल्लेख छ ।

बीबीसी

प्रतिक्रिया दिनुहोस्

Array