निर्वाचनमा संलग्न कर्मचारीले पालना गर्नुपर्ने आचरण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदै छ । निर्वाचन सम्पन्न गराउने कार्यमा ठूलो संख्यामा कर्मचारी परिचालित हुन्छन् ।

निर्वाचन आयोगले निर्वाचनको काममा संलग्न कर्मचारीले पालना गर्नुपर्ने आचरणका बारेमा जानकारी गराएको छ ।

निर्वाचनमा संलग्न कर्मचारीले तपशिलका कार्य गर्न नहुने आयोगले जनाएको छ ।

  • कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै कार्य गर्न वा गराउन, प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने।
  • कुनै राजनीतिक दल वा उम्मेदवारलाई कार्यालयको वा आफ्नो भवन, सवारीसाधन वा अरू सामग्री प्रयोग गर्न दिन नहुने।
  • निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने विषयमा सामाजिक सञ्जालमा लेख्न तथा प्रतिक्रिया दिन नहुने।
  • निर्वाचन प्रयोजनका लागि सम्प्रेषण गर्नुपर्ने सूचना एवं जानकारीबाहेक अरू कुनै प्रकारका आफूलाई प्राप्त जानकारी कुनै राजनीतिक दल वा उम्मेदवार वा अनधिकृत व्यक्तिलाई दिन नहुने।
  • निर्वाचनसम्बन्धी कार्य गर्दा र गराउँदा कसैको पक्ष वा विपक्ष लिन नहुने ।

प्रतिक्रिया दिनुहोस्

Array