गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरुलाई प्रतक्षतर्फ़ टिकट नदिने कांग्रेसको निर्णय

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएका व्यक्तिलाई प्रतिनिधिसभा प्रदेशसभाको पहिलो हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार नबनाउने निर्णय भएको बताइएको छ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभाको प्रतक्षतर्फ, गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरुलाई टिकट नदिने निर्णय गरेको छ ।सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यो निर्णय गरेको हो । बैठकले प्रत्यक्षतर्फका उम्मेदवार छनोटको मापदण्ड बनाएको छ । जस अनुसार, हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएका व्यक्तिलाई प्रतिनिधिसभा प्रदेशसभाको पहिलो हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार नबनाउने निर्णय भएको बताइएको छ ।

विधान बमोजिम सिफारिस भएका, व्यक्तिगत योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान, लोकप्रियता र आगामी दिनको सम्भावनाका आधारमा उम्मेदवार छनोट गर्ने कांग्रेसले निर्णय गरेको छ ।

उम्मेदवार छनोटका लागि अर्को बैठक आश्विन २० मा बस्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्