सविधान जोगाउने एजेन्डा लिएर आगामी चुनावमा जान्छौं: रामचन्द्र पौडेल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तनको रक्षा गर्ने र सविधान जोगाउने एजेन्डा लिएर आगामी चुनावमा जाने बताएका छन् । दशैंको अवसरमा भिडियो सन्देश जारी गर्दै वरिष्ठ नेता पौडेलले देशमा संक्रमणकालीन अवस्था अझै कायम रहेको भन्दै व्यवस्थामाथि अहिले पनि संकट कायम रहेको बताएका हुन् । ‘व्यवस्थामाथि संकटको बादल मडारिरहेको अनुभूति भइरहेको छ । पहिलो एजेन्डा अझै पनि व्यवस्था जोगाउने र संविधान जोगाउने नै हो’ उनले भनेका छन् ।

उनले देशलाई उल्टो बाटोमा लैजाने प्रवृतिलाई निरुत्साहित गर्न जरुरी रहेको उल्लेख गरेका छन् । मुलुकलाई स्पष्ट दिशा र लक्ष्य अगाडि राखेर सत्तामा रहेका पाँच दलका बीचमा गठबन्धन भएको उनको भनाइ छ । उनले परिवर्तनको रक्षा गर्ने र सविधान जोगाउने एजेन्डा लिएर आगामी चुनावका जाने बताएका छन् । संविधानको रक्षा गर्दै विकास र उन्नतिको अठोट लिएर चुनावी मैदानमा होमिने उनको भनाइ छ ।

पौडेलले नेपालको उन्नतिको बाटोलाई अगाडि बढाउँदै मुलुकलाई पश्चगामी बाटोमा लैजान टाउको उठाउँदै गर्ने प्रवृतिहरुलाई निरुत्साहीत पार्न नेतृत्वको कार्यक्षमता, सुशासन दिने नैतिक क्षामता र नैतिक शक्तिको आवश्यकता हुने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array