समानुपातिकतर्फको बन्दसूची सच्याउने समय सकियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

समानुपातिकतर्फको बन्दसूची सच्याई अन्तिम नामावली निर्वाचन आयोगमा बुझाउने समय आज सकिएको छ ।

समानुपातिक नामावलीमा त्रुटि सच्याउन निर्वाचन आयोगले आइतबार ५ बजे सम्मको समय दिएको थियो ।

निर्वाचन आयोगका अनुसार विभिन्न ३१ दलहरूले प्रतिनिधि सभातर्फ नामावली सच्याएका छन् ।

समानुतिक बन्दसूचीमा नामावली भएको कुनै उम्मेदवारले बन्दसूचीबाट आफ्नो नामावली फिर्ता लिन चाहेमा सोमबार १ बजेसम्ममा फिर्ता लिन सक्नेछन ।  सोमबार नै १ बजेदेखि ५ बजेसम्म बन्दसूची पेस भएको सम्बन्धित व्यक्तिले फिर्ता लिएको बारेमा सम्बन्धित दललाई जानकारी गराउने आयोगको कार्यसूची छ ।  ५ बजेपछि  फिर्ता लिएको उम्मेदवारको सट्टामा अर्को कुनै उम्मेदवार पेस गर्न दललाई पत्राचार गर्ने र २२ गतेसम्ममा नयाँ उमेदवार दर्ता गर्न सक्नेछन ।

२२ गते बेलुका सबै नामावली प्रकाशन हुनेछ  र प्रकाशित भएका नामावलीमा कसैको दाबी बिरोध भएमा २३ गतेपछि लाई २३ गतेपछि दावी बिरोध लिईने आयोगले बताएको छ  ।

प्रतिक्रिया दिनुहोस्

Array