मौसममा बदली, एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – देशका पहाडी भूभागमा आज दिउँसो आंशिकदेखि सामान्य बदली र बाँकी भूभागहरूमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका एकाध स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: