जनता समाजवादी पार्टी पाँच दलीय गठबन्धनबाट बाहिरिने

जसपा नेपालका एक कार्यकारिणी सदस्य सँग एमाले सँग गठबन्धनको ढोका खोलेको हो  भनेर सोद्धा – सम्भावनालाई नकार्न नसकिने बताए  ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

जनता समाजवादी पार्टी नेपालले पाँच दलीय गठबन्धनबाट बाहिरिने तयारी गरेको छ । हिजो नै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले यसको संकेत गरेका थिए ।

आज गोप्य स्थानमा बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकले गठबन्धनको विकल्पमा अन्य राजनीतिक दलसँग पनि चुनावी तालमेलका लागि छलफल गर्ने निर्णय गरेपछि जसपा नेपाल गठबन्धन बाट बाहिरिने तयारीको औपचारिक पुष्टि भएको हो ।

बैठकपछि पार्टीका प्रवक्ता मनिष सुमनद्वारा जारी प्रेस नोटमा  गठबन्धनमा सिटको बाँडफाँट सम्बन्धी छलफलमा जसपाका लागि सन्तोषजनक अवस्था नदेखिएको उल्लेख गरिएको छ । अवस्था सन्तोषजनक नदेखिएको हुँदा गठबन्धनको विकल्पमा अन्य राजनीतिक दलसँग पनि चुनावी तालमेलका लागि छलफल गर्ने निर्णय बैठकले गरेको  प्रेस नोटमा उल्लेख  छ ।

जसपा नेपालका एक कार्यकारिणी सदस्य सँग एमाले सँग गठबन्धनको ढोका खोलेको हो  भनेर सोद्धा – सम्भावनालाई नकार्न नसकिने बताए  ।

प्रतिक्रिया दिनुहोस्

TAGGED: