सल्यानमा जिप दुर्घटना, २ को मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – सल्यानमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । मृत्यु हुनेमा कुमाख गाउँपालिका ७ डुमकोटका ३९ वर्षीय मानबहादुर पुन र सोही वडाकी १४ वर्षीया एनका पुन रहेका प्रहरीले जनाएको छ ।

घाइते १७ जनालाई उपचारका लागि जिल्ला अस्पताल खलंगा लगिएको छ । आज बिहान रा १ ज ७९८ नम्बरको जिप उकालोमा ब्याक गर्ने क्रममा सडकबाट सय मिटर तल खसेको थियो ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्