पुटिनले युक्रेनका नयाँ क्षेत्र नियन्त्रणमा लिएको घोषणा गरे

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका नयाँ चार क्षेत्रहरु रुसी कब्जामा आएको घोषणा गरेका छन् । उनले ती नयाँ क्षेत्र अब रुसको भएको एक दस्तावेज तयार पार्दै त्यसमा हस्ताक्षर पनि गरेका छन् ।

मस्कोमा भएको एक कार्यक्रममा उनले यस विषयमा घोषणा गरेका हुन् । उनले अब औपचारिक रुप्मा ती ठाउँहरु रुसको नियन्त्रणमा भएको बताएका हुन् । यसअघि युक्रेनको क्रिमिया क्षेत्रलाई पनि रुसले सन् २०१४ मा आफ्नो देशमा गाभिएको घोषणा गरेको थियो ।

पुटिनले यस्तो घोषणा गरेसँगै अमेरिका तथा पश्चिमा देशले यसको चर्को आलोचना गरेका छन् । अमेरिकाले त रुसमाथि थप नयाँ प्रतिबन्ध लगाएको घोषणासमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Array