ऋणको विषयमा विवाद हुँदा श्रीमतीको हत्या, श्रीमान पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – धनुषामा ऋणको विषयमा विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेका छन । मिथिला विहारी नगरपालिका-५ ललियास्थित असोज ४ गते बाँसघारीमा स्थानीय रामा मण्डलको श्रीमती ४५ वर्षीया जिवछी देवी मण्डल मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको अनुसन्धान गर्दै जाँदा ५० वर्षीय श्रीमानले नै श्रीमतीको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घट्नामा संलग्न रहेको आरोपमा प्रहरीले आइतबार क्रिया बसेको मृतकका श्रीमानलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

बैदेशिक रोजगारीका लागि लिएको ऋणका विषयलाई लिएर श्रीमान श्रीमतीबीच विवाद हुँदा हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।  श्रीमतीले श्रीमानलाई गाली गरेको निहुँमा श्रीमतीको टाउकोमा कोदालोको पछाडिको बिटले हिर्काएका थिए । प्रहरीका अनुसार मृतकको टाउको फुटी डिलबाट भुँइमा लडेर छटपटिन थाले पछि पुनः टाउकोमा हिर्काइ हत्या गरेका थिए ।

घटनाको विषयमा शंका नहोस् यसका लागि मृतकको चुरा फोडेर यत्रतत्र छरेर कोदालो फाली त्यहाँबाट फरार भएका थिए । अनुसन्धान गर्दै जाँदा श्रीमानकै संलग्नता रहेको खुलेको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: