लाल मोहम्मदको हत्यामा संलग्नको आशंकामा ३ पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं– काठमाडौंको गोठाटारमा गोली हानेर लाल मोहम्मदको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न तीन जना पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ । त्यसबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्ने तयारी गरिरहेको बताइएको छ । यही असोज ४ गते बेलुकी भएको हत्याको घटनामा प्रहरीले दुई जना पुरुष र एक जना महिलालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उनीहरु तिनै जनाले मोहम्मदको हत्याको लागि हतियार व्यवस्थापनमा सघाएका थिए । ती महिला यसअघि लागूऔषध सम्बन्धी मुद्दामा जेलसमेत बसेको प्रहरीको भनाइ छ ।

यसै असोज ४ गते बेलुकी मोटरसाइकलमा आएका तीन व्यक्तिमध्ये एकले मोहम्मदलाई गोठाटारको एक गार्मेन्ट फ्याक्ट्री अगाडि गोली हानेका थिए । उनलाई गाडिबाट निस्कने बितिकै अज्ञात समूहले गोली हानका थिए । उपचारको क्रममा मोहम्मदको मृत्यु भएको हो । मारिएका लाल मोहम्मदको घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले विशेष समिति बनाएको छ ।

उनको हत्यामा भारतीय अपराधिक समूहको संलग्नता हुन सक्ने आशंका गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्