निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीले कार्यालयमा नै दशै मनाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारीका लागि निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीले कार्यालयमा नै दशै मनाउने भएका छन् । दसैँको टीकाको दिन समेत कार्यालय खुला रहने र कर्मचारीलाई टिका लगाएर पालैपालो कार्यालयमा हाजिर हुन भनिएको जानकारी दिएको छ ।

निर्वाचनको तयारीको चटारोका कारण दशैंका बेलापनि आवश्यक निर्णय गर्नका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सहितका आयुक्तहरुको टोली आयोगमा उपस्थित बताइएको छ । टिकाको दिन पनि कार्यालय बन्द नहुने निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array