अन्तिम दिन १६ अंकले बढेर बन्द भयो नेप्से

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। बजार बिहीबार १६.२९ अंकले बढेको हो। यो सँगै नेप्से परिसूचक १८५३.७६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.८३ अंकले बढेर ३६३.४२ को विन्दुमा पुगेको छ। हिजाको तुलनामा कारोबार रकम बढेर ६३ करोड रुपैयाँ बढीको भएको छ।

बुधबार ४८ करोडमा झरेको कारोबार रकम बिहीबार केही बढेको छ । बिहीबार बजारमा १७ लाख ९१ हजार ४८० कित्ता सेयर कारोबार हुँदा ६३ करोड २७ लाख ७ हजार ६२८ रुपैयाँको कारोबार भएको छ । जसमध्ये नेपाल इन्स्योरेन्सको संस्थापक सेयर सर्वाधिक ४ करोड ८५ लाख ५० हजारको कारोबार हुँदा नबिल बैंकको २ करोड ९० लाख ८७ हजार र नेपाल दूरसञ्चार कम्पनीको २ करोड ६२ लाख ९६ हजारको कारोबार भएको छ ।

बिहीबार बजारमा कुल १८६ कम्पनीको सेयर कारोबार हुँदा १२४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ४७ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: