महानगरको स्पष्टीकरण: फुटपाथ खाली गराउने अभियान कुनै पनि बाहानामा रोकिँदैन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ  – काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्रको फुटपाथ खाली गराउने अभियान नरोकिने स्पष्ट पारेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले बिहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै पैदलयात्रुको सुविधालाई ध्यानमा राखी शुरु गरिएको अभियान नरोकिने स्पष्ट पारेका हुन् ।

दशैंको समयमा फुटपाथका ब्यापारीलाई हटाइएको विषयमा विभिन्न टिकाटिप्पणी भएको भन्दै बालेनले दशैंको समयमा फुटपाथमा पैदलयात्रीको भीड बढी हुने भएकाले अझ तीव्र रुपमा खाली गराउने अभियान चालिएको बताएका छन् । महानगरपालिकाले नीतिगत व्यवस्था गरेर कानूनले दिएको अधिकारीभित्र रही फुटपाथमा राखिएको व्यवसाय हटाउन थालेको पनि स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array