नवौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीको १० लाखको बीमा हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी लगायत ९ हजार जनाको बीमा गरिदिने भएको छ । त्यसका लागि राखेप र राष्ट्रिय बीमा कम्पनीबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले हस्ताक्षर गरेका हुन्। बीमाको अवधि १ महिना रहने जनाएको छ । प्रत्येकको १० लाख रुपैयाँ बराबरको बीमा गरिएको हो।
बीमित खेलाडीको संख्या ६ हजार रहेको छ भने बाँकी ३ हजारमा निर्णायक, प्रशिक्षक, व्यवस्थापक, कर्मचारी, रहेका छन् । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुनेछ।

प्रतिक्रिया दिनुहोस्