इरानमा हिजाब विरोधी प्रदर्शनका क्रममा ७५ जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – इरानमा हिजाबविरुद्धको प्रदर्शनका क्रममा सुरक्षा फौज र प्रदर्शनकारीबीच झडप हुँदा ७५ जनाको मृत्यु भएको छ । २२ वर्षीया महसा अमिनीको मृत्युलाई लिएर सुरु भएको प्रदर्शन १२ औँ दिनमा प्रवेश गर्दा मंगलबार दर्जनौँ सहरहरूमा इरानी दंगा प्रहरी तथा सुरक्षा बलहरु र दर्शनकारीहरूबीच झडप भएका छन् ।

सेप्टेम्बर १७ मा कडा हिजाब नियम लागु गर्दै नैतिक प्रहरीले हिरासतमा राखेर मृत्यु भएकी अमिनीको मृत्यु भएपछि इरानमा विरोध प्रदर्शन सुरु भएको थियो । उनको मृत्युको १० दिनपछि अहिले कम्तीमा ४६ इरानी सहरमा प्रदर्शन फैलिएको छ ।

यसैबीच, एक अधिकार समूहले सुरक्षा बलहरूसँगको झडपको बीचमा प्रदर्शनमा ७५ भन्दा बढी व्यक्तिको मृत्यु भएको दाबी गरेको छ । तर, इरानी अधिकारीहरूले प्रदर्शनकारी र सुरक्षा बलका धेरै सदस्यहरू सहित ४१ जनाको मात्र मृत्यु भएको दाबी गरेको इन्डिया टुडेले जनाएको छ ।

प्रतिरोध र आक्रोशको प्रदर्शनमा इरानमा हिजाबविरुद्धको विशाल प्रदर्शन हालको समयमा सत्तारूढ सरकारविरुद्धको सबैभन्दा ठूलो विरोध हो ।

टर्कीस गायिका मेलेक मोसोले इरानमा हिजाब विरोधी प्रदर्शनको लागि आफ्नो समर्थन देखाउँदै महिलाहरूको लडाइँमा सामेल भएकी छन् । उनले समर्थन देखाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा कलाकार मोसोले इरानमा प्रदर्शनकारीहरूसँग ऐक्यबद्धता व्यक्त गर्दै स्टेजमा कपाल काटेको देखाइएको छ ।
ऐजेन्सी

प्रतिक्रिया दिनुहोस्

Array