बाँकेबाट सल्यान जाँदै गरेको जीप दुर्घटना, ८ जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

काठमाौँ – बाँकेको कोहोलपुरबाट रिङका लागि छुटेको जीप आज बिहान दुर्घटना भएको छ ।  रा १ ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका- ३ मुलपानीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानले दुर्घटनामा ८ जना मृत्यु भएको बताएको छ। मृतक सल्यानको कपुरकोटकै विभिन्न वडाका हुन् । उनीहरू सबैको सनाखत भने भइसकेको छैन ।

दुर्घटनामा सख्त घाइते भएका एक जनालाई उद्धार पछि उपचारका लागि दाङ तुलसीपुर लैजाने तयारी गरिएको छ । जीप बुधबार बिहान करिब ३ बजे भीरबाट १५० मिटर तल खसेको हो । प्रहरीका अनुसार उक्त जीपमा ९ जना सवार रहेका थिए ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array