नेप्सेमा आज हरियाली, १५ अंकको वृद्धि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – साताको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार १५.९२ अंकले बढेर १८३१ को विन्दुमा कायम भएको छ । बजार बढेको दिन पनि कारोबार रकम भने बढ्न सकेन । मंगलबार कुल २२९ स्टकको १६ हजार ८२३ वटा कारोबारबाट २१ लाख ७ हजार ७४२ कित्ता बराबरको कारोबार भएको छ । कारोबार रकम ६६ करोड ३० लाख १३ हजार भएको छ ।

होटल र पर्यटन तथा म्युचुअल फण्डबाहेक सबै उपसमूह सकारात्मक देखिए । मंगलबार सामुदायिक लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेर १३०८.९० रुपैयाँ पुग्यो । अभियान लघुवित्त वित्तीय संस्थाको मूल्य ६.०७ प्रतिशतले वृद्धि भयो । अपर हुवाखोला हाइड्रो, हिमालयन पावर, माउन्टेन इनर्जी समेत मूल्य धेरै बढ्ने कम्पनीमा परेका छन् ।

गरिमा डिभेन्चरको मूल्यमा नकारात्मक सर्किट लागेको छ । मंगलबार रिडी हाइड्रोको सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array