बर्षाका कारण डोटीका अधिकांश ग्रामीण सडक अवरुद्ध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa
;'kf b]p/fnL dlGb/glhs} uPsf] klx/f] tD3f;, !) ebf} M uf}F8fsf]6 h'e'Ë dh'jf–zflGtk'/ hf]8g] ;8ssf] lgb'/ ;'kf b]p/fnL dlGb/glhs} uPsf] klx/f] . t:jL/ M x'dfsfGt kf]v/]n÷/f;;

काठमाडौँ – अविरल वर्षाका कारण डोटीका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्। शनिबारदेखि परेको वर्षाका कारण सडकका कतिपय स्थानमा पहिरो गएको छ भने धेरै जसो सडक यातायात सञ्चालन गर्न नसक्ने स्थानीयले बताएका छन ।

वर्षाका कारण बडीकेदार गाउँपालिकाको सुवा खान, देवली रिसडी सडक, अन्तरकाँडा हुँदै रनतोला सडक, बोगटान फुड्सिल गाउँपालिकाको छिडीखानबाट केदार अखडा सडक, चवारा चौताराबाट सातफरी धिर्गामा नडौ सडक त्यस्तै जोरायल गाउँपालिकाको बिपी नगर खसरेबाट गड्सेरा सडकलगायत डोटीका दर्जन बढी पहिरो र खहरे खोलाले ग्रामीण क्षेत्रका सडक अवरुद्ध भएको स्थानीयले बताएका छन्।

वातावरणीय प्रभाव मूल्याङ्कनको वास्ता नगरी जथाभावी ट्रयाक खोलिएका कारण सामान्य वर्षा हुँदा पनि ग्रामीण सडक अवरुद्ध हुने गरेको जोरायल गाउँपालिका–५ का स्थानीयले जनाएका छन। स्थानीयका अनुसार ट्रयाक खुलेलगत्तै सुक्खा मौसममा यातायात सञ्चालनमा ल्याइएका कतिपय सडक अहिले कामै नलाग्ने अवस्थामा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्