नेप्सेको तथ्यांक शुल्क वृद्धिसम्बन्धी खबरहरु झुटा र भ्रामक हुन: धितोपत्र बोर्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेप्सेको तथ्यांक शुल्क वृद्धिसम्बन्धी खबरहरु भ्रामक रहेको भन्दै स्पष्ट पारेको छ । बोर्डले एक विज्ञप्ती जारी गर्दै हालै केही अनलाइन सञ्चारमाध्यमहरुमा नेप्सेको तथ्यांकको शुल्क सम्बन्धमा बोर्डबाट ६ गुणासम्म वृद्धि गरी स्वीकृति गरेको भन्ने समाचार तथ्यहीन र भ्रामक रहेको स्पष्ट पारेको हो। यससम्बन्धमा सेबोनको गम्भीर ध्यानाकर्षण रहेको पत्रमा उल्लेख रहेको छ ।

धितोपत्र कारोबार भएपश्चात उपलब्ध हुने तथ्यांक तथा जानकारी दिने सम्बन्धी कार्यलाई व्यवस्थित गर्न नेप्सेले कार्यविधि बनाई लागू गर्न सक्ने सेबोनले जनाएको छ। ‘नेप्सेले बनाउने कार्यविधिमा धितोपत्रको कारोबार भएपश्चातको तथ्यांक तथा जानकारी उपलब्ध गराएबापत कुनै शुल्क लिने व्यवस्था भएमा सेबोनबाट स्वीकृति लिएरमात्र लिन पाइन्छ’, विज्ञप्तिमा भनिएको छ।

- Advertisement -
Ad imageAd image

सोही व्यवस्था बमोजिम नेप्सेबाट सेबोनमा पेस भएको तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि, २०७७ मा उल्लेखित शुल्कहरु नेप्सेबाट स्वीकृतिका लागि सेबोनसमक्ष प्रस्ताव गरिए बमोजिम यथावत नै रहने गरी स्वीकृति गरिएको विज्ञप्तिमा उल्लेख रहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्