हेटौंडाको डाटा रिकभरी सेन्टरमा आगलागी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – हेटौंडामा रहेको डाटा सेन्टर (डिजास्टर रिकभरी सेन्टर) मा आगलागी भएको छ । हुप्रचौर ४ मा रहेको सरकारी सूचनाहरु ‘ब्याक-अप’ गर्न बनाइएको डाटा रिकभरी सेन्टर मा आगलागी भएको हो ।

आगो निभाउन हेटौंडा उपमहानगरको दमकलसहित जिल्ला प्रहरी कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालयको टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगलागी कारण र क्षतिबारे भने अहिले जानकारी नआइसकेको प्रहरीले बताएको छ ।

डाटा रिकभरी सेन्टरमा रहेका ब्याट्री पड्किएर आगलागी भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ । प्रहरीका अनुसार ठूलो क्षति नभएको आकलन गरेका गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array