समायोजित सेनाको माग सम्बोधन गर्न म तयार छु: अध्यक्ष प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अवकाशप्राप्त समायोजित सेनाको मागका पक्षमा आफू सकारात्मक रहेको बताएका छन्। अवकाशप्राप्त समायोजित सेनाको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गरेपछि पत्रकारसँग कुराकानी गर्दै उनले अवकाशप्राप्त समायोजित सेनाको माग सम्बोधन गर्न आफू तयार रहेको बताए।

उनले भने, ‘उहाँहरूको मुख्य माग सङ्गठनमा आबद्ध गर्ने र निर्वाचन लड्ने अवसर दिनुपर्छ भन्ने रह्यो। यसमा मैले सङ्गठनमा बस्न मिल्छ। निर्वाचन लड्न पनि मिल्छ भनेको छु।’ पूर्वसेनाको सङ्गठनमा बसेरसमेत काम गर्नसक्ने उनको भनाइ थियो।

कार्यक्रममा अवकाशप्राप्त समायोजित सेनाले आफूहरूको अवस्था र अहिले देखिएको पार्टीको समस्याका बारेमा जानकारी गराएका थिए। तत्कालीन समयमा जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भई अवकाश भएकाले भेला गरेका हुन्। पार्टीको विभिन्न कार्यक्रममा सहभागी हुन गृह जिल्ला चितवन आएका दाहाल दुई दिन चितवन बस्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array