१२ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेपाल राष्ट्र बैंकले १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले असोज ११ गते ९१ दिने र १८२ दिने ट्रेजरी बिल गर्ने भएको हो ।

राष्ट्र बैंकले ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्नेछ । यो पुस १२ गते परिपक्क हुनेछ । यस्तै, राष्ट्र बैंकले १८२ दिनका लागि ३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी भएको छ । यी ट्रेजरी बिलको आज आइतबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। यो ट्रेजरी बिल आगामी चैत १४ गते परिपक्व हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array