केबिएल सेक्युरिटिजद्वारा वार्षिक साधारण सभा आह्वान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – कुमारी बैंकद्धारा संचालित केबिएल सेक्युरिटिजले विशेष साधारण सभा आह्वान गरेको छ । असोज ५ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सेक्युरिटिजले ब्रोकर लाइसेन्स प्राप्त गर्न पुँजीबृद्धि आवश्यक रहेकाले सोही प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको हो । बैंकको विशेष सभा असोज् २४ गते सोमबार कुमारी बैंकको रजिष्टार्ड कार्यालय, टंगाल काठमाडौंमा बिहान १० बजे बस्नछे ।

उक्त सभाले नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) (ब्रोकर) नियमावली, २०६४ पाँचौं संशोधन बमोजिम सीमित कार्य गर्ने धितोपत्र दलालको काम गर्ने चुक्तापुँजी २० करोड रुपैयाँ र पूर्ण कार्य गर्ने धितोपत्र दलालको काम गर्ने कम्पनीको चुक्तापुँजी ६० करोड रुपैयाँ आवश्यक रहेकोले सो सम्बन्धी प्रस्ताव संशोधन गर्नेछ ।

उक्त प्रावधानअनुसार कम्पनीले सीमित कार्य गर्ने धितोपत्र दलालको इजाजतप्राप्त गर्न आवेदन गर्नका लागि पुँजी बृद्धि आवश्यक देखिएको हुँदा कम्पनीको अधिकृत पुुँजी ६० करोड र जारी तथा चुक्तापुँजी २० करोड रुपैयाँ पुर्याउने गरी बृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array