विछट्टै सुन्दर पाचँपोखरी (फोटोमा)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ आश्विन २०७९, शनिबार
2 Min Read
Aa

काठमाडौं–  चिसो हावा, पहाड र हिमालको काख, हरियाली वातावरण र एकै ठाउँमा देखिने पाँच पोखरी अत्यन्तै सुन्दर छ । प्रकृति र धार्मिक आस्थाको यो सुन्दर संगम आकर्षक स्थान हो । पाँचपोखरी रहेको स्थलबाट करिव १ घण्टाको टाडो उकालो पश्चात त्यो क्षेत्रको अग्लो डाँडामा पुगिन्छ । सो डाँडाबाट हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । अनेक दृश्यानुभूतिले पाँचपोखरी पुग्ने यात्रुहरूलाई मुग्ध बनाउँछ ।

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाँउपालिकामा अवस्थित समुद्री सतहबाट करीव ४०६० मिटरमा उचाइमा अवस्थित पाँचपोखरी ताल हिन्दुहरुको तीर्थस्थलका रुपमा पनि परिचित रहेको छ । राजधानी काठमाण्डौको सबैभन्दा नजिक रहेको दोर्जे ल्हक्पा र जुगल हिमालको काखमा अवस्थित छ ।

प्राकृतिक र धार्मिक महत्व बोकेको पोखरीमा प्रत्येक बर्षको जनै पूर्णिमामा मेला लाग्ने गर्दछ । पाँचपोखरीमा भगवान् शिवको मन्दिर छ । प्राकृतिक रुपमा विछटै सुन्दर रहेको पोखरीमा पछिल्लो समय आन्तरिक पर्यट्रकहरु आउने क्रम बढेको स्थानीयहरु बताउँछन्

इन्द्रावती र ब्रह्मायणी नदीको उद्गमस्थलका रूपमा रहेका यी पाँच पोखरी सबैका बेग्लाबेग्लै नाम समेत छन्, भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड । यसको धार्मिक पक्ष खोतल्दै जाने हो भने स्कन्ध पुराणको हिमवत् खण्डमा पञ्चपोखरी नामको महान् तीर्थस्थलको वर्णन छ, जसलाई तीर्थराज प्रयाग र बाँडगंगा (कुरुक्षेत्र) समानका तीर्थस्थल भनिएको छ ।

जैविक विविधताले पनि यो क्षेत्र धनी छ  । सुनपाती, धुपी, बैरुङपाती, निगालो, थरीथरीका गुराँस, गोब्रे सल्ला लगायत दुर्लभ वनस्पति र जडीबुटी पाइन्छन् । यस वरपरको भू(भाग आलुखेतीका लागि पनि प्रख्यात छ ।

पहिलो दिन जोरपाटी-मेलम्ची-भोताङ यात्रा गर्नुपर्छ (बस र पदयात्रा), दोस्रो दिन पाँचपोखरी पदयात्रा मार्फत पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array