नेपाल विश्वको हृदय हो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ आश्विन २०७९, शुक्रबार
3 Min Read
Aa

(जगद्गुरु शङ्कराचार्य निश्चलानन्दले दिएका भाषणहरूमा आधारित)

लेखक –  प्रभात अधिकारी

नेपाल र भारतमा समायोजित धार्मिक कार्यक्रमहरुमा पूरीका शङ्कराचार्य श्रीजगद्गुरुले नेपाल विश्वको हृदय हो र विश्वमा स्वस्थ क्रान्तिको उद्भावना समेत नेपालबाटै हूने बताउँदै आउनु भएको छ ।

आदिमकाल देखिनै नेपालकाे राजा सधैं श्रीपशुपतिनाथ नै हुन र यसको राजधानी काठमाण्डौ विश्वको धार्मिक र राजनैतिक दुवैको राजधानी भएको स्पष्ट पार्नु भयो ।

वेदविहीन विज्ञान देहात्मावादको पोषक, पर्यावरणको प्रदुषक तथा अत्यन्त विष्फोटक भएको र धार्मिक तथा आध्यात्मिक नेतृत्त्वविहीन कुनै पनि प्रणाली विश्वशान्ति तथा विकासको परिपोषक हुन नसक्ने वहाँको जिकिर छ ।

पुज्यश्रीकाे अनुराेध के छ भने – यद्यपि वस्तुस्थिति यो हो कि ब्रह्माजी तथा गोत्र प्रवर्तक कस्यपादि ऋषिहरुको परम्परामा समस्त मानवमात्र समुत्पन्न भएका हुन ।

यी तथ्यहरुमा जसको आस्था छ, उ हिन्दु हाे ।

यी तथ्यहरुलाइ सद्भावपुर्वक सम्वादको माध्यमवाट विश्वस्तरमा नै ख्यापित गरियो भने सम्पुर्ण विश्व नै हिन्दुराष्ट्रकाे रूपमा उद्भासित हुने प्रवल सम्भावन हुन्छ ।

कुरो यति मात्र कहाँ हो र चतुर्दशभुवनात्मक ब्रह्माण्डमा सन्निहित दिव्यताको रहस्य सनातन वेदादिशास्त्रसम्मत कर्मकाण्ड र उपासनाकाण्ड प्रतिको प्रवल आस्था नै सिद्ध हुन्छ ।

सद्भावपुर्वक सम्वादकाे माध्यमवाट सत्यसहिष्णुताकाे क्रमिक अभिव्यक्तिकाे फलस्वरूप पृथ्वी, जल, तेज, वायू, आकाश र विविध स्थावर तथा जङ्गम प्राणीहरुवाट समन्वित भुमण्डललाइ नै हिन्दुराष्ट्रकोरूपमा ख्यापित गराउने आवस्यकता छ ।

‘ सर्वदेश, सर्वकालमा सर्वसुमंगल सार्वभौम सनातन – वेदादि – शास्त्रसम्मत पुर्वजन्म र पुनर्जन्ममा आस्थान्वित सुसंस्कृत, सुशिक्षित, सुरक्षित, सम्पन्न, सेवापरायण, स्वस्थ तथा सर्वहितप्रद व्यक्ति तथा समाजको संरचना ‘ यस किसिमको सिद्धिमा आस्थापुर्वक सहभागि हुन समस्त वैदिक सनातन हिन्दु आर्यहरुमा अनुरोध ।

‘सार्वभौम सनातन सिद्धान्त’ सनातन धर्मशास्त्र कसैलाइ पनि अराजक बन्न प्रेरित र प्रवाहित गर्दैन, व्यक्तिलाइ उन्मादि बनाउने पक्षधर सनातन धर्मशास्त्र बिल्कुल छैन ।

‘सत्यम् शिवम् सुन्दरम्’ – ‘सत्य, शिव र सुन्दर’, ‘सर्वं खल्विदं ब्रह्म’ – (छान्द़ग्योपनिषत् – ३/१४/१) ‘निसन्देह यो सवै सच्चिदानन्द स्वरुप ब्रह्मको अभिव्यक्ति हुनाले ब्रह्म नै हो ।’

‘अमृतस्य पुत्रा:’ – (श्वेताश्वतर उपनिषत् – २/५) – सच्चिदानन्दस्वरुप अमृतसंज्ञक सर्वेश्वरवाट अभिव्यक्त पृथ्वी, पानी, प्रकाश,पवन,आकाश सहित समस्त स्थावर-जंगम अमृतपूत्र हुन ।

‘वसुधैव कुटुम्बकम्’ – (महोपनिषद् – ६/७१) – पृथ्वीले उपलक्षित चतुर्दश भुवनात्मक ब्रह्माण्ड सहित सवै प्राणीहरु परमात्मावाट अभिव्यक्त परमात्मापरिवार कै अभिन्न सदस्य हुन ।

‘सर्वेषां मंगलम् भुयात्’ – (गरुडपुराण – २/३५/५१, भविष्यपुराण – २/३५/१४) – सवैको मंगल होस ।

‘स्वस्त्यस्तु विश्वस्य’ – (श्रीमद्भागवत – ५/१८/९) – विश्वको कल्याण होस ।’ आत्मन: प्रतिकुलानि परेषां न समाचरेत्’ – ( पद्मपुराण सृष्टिखण्ड १९/३५५, (विष्णुधर्मोत्तर – ३/२५३/४४) – ‘अन्यद्वारा गरिने जून किसिमकाे व्यवहार हामी स्वयम् चाहँदैनौं, त्यस किसिमको व्यवहार अन्यप्रति पनि गर्नु भएन’ तथा ‘सर्वभूतहिते रता:’ – ( श्रीमद्भगवद्गीता – ५/२५, १२/४) – ‘सवै प्राणीहरुको हितमा रत रहनु’ यहि सनातन आदर्श श्रौत सिद्धान्त हो ।

यस्तो स्थितिमा सर्वहितकाे भावनाले परस्परमा सदभावपुर्ण सम्वादका माध्यमवाट सैद्धान्तिक निष्पत्ति प्राप्त गरेर स्वस्थक्रान्ति उद्भासित गर्नूपर्ने आवश्यकता समेत पुज्य जगद्गुरुबाट उल्लेख भएका छन ।

हर हर महादेव

प्रतिक्रिया दिनुहोस्

Array