नेप्सेमा ९.८३ अंकको गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा ९०.५३ अंकको गिरावट भएको छ । बिहीबार आज बजार परिसूचक नेप्से ९.८३ अंक (०.५३ प्रतिशत) ले गिरावट भएर १८३८.९६ अंकमा बन्द भएको छ ।

बिहीबार नेप्सेमा सबै उपसूचकमा गिरावट हुँदा सबैभन्दा कम बैंकिङ उपसूचक ०.०२ प्रतिशतले घटेको छ । यता वित्त कम्पनी उपसूचकमा सबैभन्दा धेरै १।५६ प्रतिशतले गिरावट हुँदा लघुवित्त उपसूचक पनि १.०४ प्रतिशतले घटेको छ ।

बिहीबार कारोबार ओरालो लागेर ६५ करोड ५७ लाखमा सीमित भएको छ । बिहीबार नेप्सेमा नबिल बैंकको सर्वाधिक २ करोड ५९ लाखको कारोबार हुँदा बोटलर्स नेपाल तराईको २ करोड ४१ लाख र अपी पावरको १ करोड ६१ लाखको कारोबार भएको छ ।

बिहीबार कारोबार अवधिभर नेप्सेमा १८५ कम्पनीको सेयर कारोबार भएकोमा १४३ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ३७ कम्पनीको बढेको छ । त्यस्तै ५ कम्पनीको भने स्थिर छ ।

सामलिङ पावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्दा लक्ष्मी इक्विटी फण्डको इकाइ मूल्य ४.४२ प्रतिशतले बढेको छ । यता १० प्रतिशत ब्याजदरको प्रभु बैंक ऋणपत्र २०८४ को मूल्य ९.९३ प्रतिशतले घट्दा गरिमा ऋणपत्र २०८५ को मूल्य ९.९० प्रतिशतले घटेको छ । मुद्दती निक्षेपको ब्याजदर १२ प्रतिशत नाघेपछि ऋणपत्रको मूल्य लगातार घट्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array