संविधानले नचिनेका मान्छे बसेर राष्ट्रपतिको मजाक उडाउने काम भयो: अध्यक्ष ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष खड्ग प्रसाद (केपी) शर्मा ओलीले संविधानले नचिनेका मान्छे बसेर राष्ट्रपतिको मजाक उडाएको आरोप लगाएका छन् । बिहीबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन ।

“राष्ट्रपतिज्यूले पुनर्विचार गर्ने कि भन्नुभयो, नगर्ने (पाखुरा देखाउँदै) । बाहिर–बाहिर बसेर अनाडी मान्छेहरू बसेर, अनाधिकृत ठाउँमा । संविधानले नचिनेका मान्छे बसेर राष्ट्रपतिको मजाक उडाउने काम भयो,” ओलीले भने ।

गठबन्धनप्रति आक्रोश पोख्दै उनले थपे, “यसले राष्ट्रपतिको अपमान गर्नु महानता ठानेको छ ।”

प्रतिक्रिया दिनुहोस्

Array