विदेशबाट फर्किएकै दिन श्रीमतीको हत्या, छोराछोरी घाइते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ  – कैलाल एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेको छ । गौरीगंगा नगरपालिका–५ मा ३२ वर्षीया ललिताको धारिलो हतियार प्रहार गरि हत्या भएको हो । ललिताको उनकै श्रीमान् ३४ वर्षीय शेरबहादुर नाम्जालीमगरले हत्या गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।  उनका श्रीमान् ३४ वर्षीय शेरबहादुर नाम्जाली मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ललिताको शव बिहीबार बिहान हत्या गरेको अवस्थामा घरमै भेटिएको हो । बुधबार (हिजो) राति उनको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । छोरी १७ वर्षीया लक्ष्मी र छोरा १२ वर्षीय विजयमाथि पनि धारिलो हतियार प्रहार गरिएको छ । छोरी लक्ष्मी गम्भीर घाइते छिन् । छोरा विजयलाई सामान्य चोट लागेको छ । उनीहरूको घाँटी र टाउकामा धारिलो हतियार प्रहार गरिएको देखिन्छ । उनीहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शेरबहादुर रोजगारीका सिलसिलामा भारतमा थिए र बुधबार मात्र घर फर्किएको खुलेको छ । घर फर्किएलगत्तै श्रीमतीसँग शेरबहादुरको विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: