वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी सहित ४ दलले चुनाव बहिष्कार गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायत चार कम्युनिस्ट पार्टीले चुनाव बहिष्कार गर्ने निर्णय गरेका छन् । क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हुन् ।

चार दलको संयुक्त बैठकले बहिष्कार गर्ने निर्णय गरेको नेकपा बहुमतका प्रवक्ता हेमन्तप्रकाश वली (सुदर्शन) ले जानकरी दिए । चुनाव बहिष्कारबारे जानकारी दिने आज संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array