राष्ट्रपतिविरुद्ध सडक र न्यायिक आन्दोलन सँगै जाने सल्लाह गर्दैछौं– प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ आश्विन २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ  – माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रपतिविरुद्ध सडक आन्दोलन र न्यायिक आन्दोलन सँगै लैजानेबारे छलफल भइरहेको बताए ।

आफ्नै निवासमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अदालतमा कानूनी लडाइ लड्नेबारे अधिवक्ताहरूसँग छलफल भइरहेको बताए । उनले राष्ट्रपतिको कदम लोकतन्त्र, संविधान र गणतन्त्रविरुद्ध रहेको आरोप समेत लगाए । उनले सडकमा युवा विद्यार्थी आन्दोलित भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्