नेप्सेमा दोहोरो अंकको सुधार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ आश्विन २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौैँ – नेप्सेमा पाँचौ कारोबारको दिनमा आएर दोहोरो अंकको सुधार भएको छ । बुधबार बजार परिसूचक नेप्से ११.२२ अंक ९०.६१ प्रतिशत० ले वृद्धि भएर १८४८.८२ अंकमा बन्द भएको छ । बुधबार नेप्सेमा सबै उपसूचकमा वृद्धि हुँदा म्युचुअल फण्ड उपसूचक भने ०.४४ प्रतिशतले घटेको छ ।

नेप्सेमा सुधार भएपनि बुधबार कारोबार रकम भने घटेको छ । २६ भदौमा ७५ करोडमा सीमित भएको कारोबार रकम त्यसपछि बढेर यो साता आइतबार र मंगलबार १ अर्ब नाघेको थियो । तर, बुधबार भने ७२ करोड १३ लाखमा सीमित भएको छ । नेप्सेले असारदेखि भदौसमम शुक्रबार दुई घण्टाको लागि कारोबार सञ्चालन गर्दा ७२ करोडभन्दा कमको कारोबार भएपनि ४ घण्टा नै बजार सञ्चालन हुँदाको कारोबार रकम भने कोभिड-१९ पछि नेप्सेमा बुलिस ट्रेन्ड सुरु भएयताकै न्यून हो ।

बुधबार नेप्सेमा नबिल बैंकको सर्वाधिक ३ करोड ३८ लाखको कारोबार हुँदा रिडी हाइड्रोपावरको २ करोड ४१ लाखको कारोबार भएको छ । कारोबार अवधिभर १८७ कम्पनीको सेयर कारोबार भएकोमा १४२ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ३८ कम्पनीको घटेको छ । त्यस्तै ७ कम्पनीको भने स्थिर छ ।

सामलिङ पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्दा समिट लघुवित्तको सेयर मूल्य ५।७३ प्रतिशतले बढेको छ । यता विन नेपाल लघुवित्तको सेयर मूल्य ३।६३ प्रतिशत र नबिल ब्यालेन्स फण्ड २ को इकाइ मूल्य ३।४० प्रतिशतले गिरावट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array