अस्थायी मतदाताले समानुपातिकतर्फमात्र मतदान गर्न पाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं–निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अस्थायी मतदाता नामावली संकलनको तालिका प्रकाशन गरेको छ । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचन प्रयोजनका लागि अस्थायी मतदाता नामावली संकलन हुन लागेको जानकारी दिएको छ ।
असोज ६ देखि ८ गतेसम्म अस्थायी मतदाता नामावली संकलन हुने आयोगले जनाकारी दिएको छ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारीका अतिरिक्त व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी अस्थायी मतदाताका रुपमा सूचीकृत हुन पाउँने तालिकामा उल्लख छ ।
यस्तै, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वीकृति लिइ सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्तिहरुलाई अस्थायी मतदाता नामावलीमा समावेश हुन योग्य मानिएको छ ।

अस्थायी मतदाता नामावलीका लागि सम्बन्धित कार्यालय प्रमुखले प्रमाणित गरी प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा पठाउने व्यवस्था गरिएको आयोगले जनाएको छ । असोज ८ देखि २६ गतेसम्म सम्बन्धित निकायका प्रमुखले मतदाता नामावलीमा समावेश हुने व्यक्तिहरुको नामावली (अन्तिम मतदाता नामावलीमा समावेश हुने व्यक्ति) प्रमाणित गरी प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा पठाउने तालिका निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array