दसैंमा सुरक्षित हुन अपनाउनु पर्ने उपाहरु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ आश्विन २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वमा राजधानीमा हुने विभिन्न अपराधलाई नियन्त्रण गर्न प्रहरीले सर्वसाधारणलाई सुरक्षित रहन अनुरोध गरेको छ। सावधानीका उपाय अपनाए दसैंमा हुने अपराध रोकथाम गर्न सकिने जनाएको हो। आफ्नो घरमा बस्नेको विवरण राख्नेदेखि गाउँघर जान लागेको कुरा सामाजिक सञ्जालमा नराख्न अनुरोध गरेको छ। प्रहरीले आम मानिसलाई बुँदागत रुपमा गर्नुपर्ने र नहुने कुरा उल्लेख गरेर सर्वसाधरणको लागि सुरक्षित हुने उपाएहरु सार्वजानकि गरेको छ ।
आफ्नो घरको डेरा व्यक्ति तथा काम गर्नेको व्यक्तिको नाम, थर र फोटोसहितको विवरण राख्नुहोस्।
आफ्नो घर र टोलमा शंकास्पद व्यक्तिहरुको गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई खबर गरौं।
आफ्नो टोलमा तास, जुवा खेल्ने व्यक्तिहरुबारे प्रहरीलाई समयमै खबर गरौं।
सार्वजनिक स्थानमा धुमपान, मद्यपान गर्ने कार्यलाई निरुत्साहित गरौं।
लागूऔषध, नशालु पदार्थ सेवन तथा बेचविखन गर्ने व्यक्तिबारे प्रहरीलाई खबर गरौं।
मादकपदार्थ सेवन गरेर कहिल्यै सवारी साधन नचलाऔं ।
छतमा चढेर यात्रा नगरौं, सडकको दायाँ, बायाँ जथाभावी पार्किङ नगरौं, ट्राफिक नियमको सधैं पालना गरौं।
कुनै पनि अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाऔं।
नचिनेको व्यक्तिले घरको ढोका ढक्ढकाएमा नखोलौं।
आफ्नो घर, टोल, छिमेकमा आपतकालीन साइरन र सीसीटीभी क्यामेरा जडान गरौं।
विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्ने गरौंस नगदबाट गर्नु पर्दा उच्च सावधानी अपनाऔं।
धम्कीपूर्ण फोन आएमा रेकर्ड गर्न मिल्नेसम्म रेकर्ड गरी फोन नम्बरसहित प्रहरीलाई खबर गरौं।
रातको समयमा घरको गेट, ढोकाको चुकुल, कब्जा राम्रोसँग बन्द गरौं।
लामो समयको लागि घर बाहिर जानु परेमा विश्वासिलो छिमेकी वा नजिकको प्रहरीलाई जानकारी गराऔं।
सकेसम्म नगद, बहमूल्य सामान र गरगहनाहरु घरमा नराखौं।
दसैंतिहारका लागि गाउँ जान लागेकोु लगायत उल्लेख गरी सामाजिक सञ्जालमा पोष्ट नगरौं।
त्यस्तै केही घटना भइ हालेको खण्डमा प्रहरीलाई फोन गर्न समेत आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Array