औषधि व्यवस्था विभागले कर्मचारी माग्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ आश्विन २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – औषधि व्यवस्था विभागले करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ । विभागले पाँच फार्मेसी अधिकृत र १० फार्मेसी सुपरभाइजर मागेको हो ।

फार्मेसी अधिकृतका लागि न्यूनतम योग्यता फार्मेसी विषयमा कम्तीमा स्नातक उत्तीर्ण हुनुपर्नेछ भने फार्मेसी सुपरभाइजरका लागि फार्मेसी विषयमा कम्तीमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण हुनुपर्नेछ ।

असोज २४ गतेभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: