आशा लघुवित्तको ३ लाख कित्ता संस्थापक सेयरको बिक्री खुल्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख कित्ता संस्थापक सेयरको बिक्री खुला भएको छ । असोज ४ गते मंगलबारदेखि खुला गरिएको उक्त सेयरको न्यूनतम मूल्य ३ सय ९५ रुपैयाँ तोकिएको छ । लघुवित्तका संस्थापक सेयरधनीसहित अरु व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले असोज १२ गतेसम्म उक्त सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले ३९५ रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धीमा मूल्यमा न्यूनतम १० हजार कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले असोज १२ गते बुधबार कार्यालय समयभित्र प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउन सक्नेछन् ।

साविकका संस्थापकहरूबाट आवेदन नपरेपछि कम्पनीको सेयर आम सर्वसाधारणले समेत आवेदन दिन पाउने गरी दोस्रो पटक बिक्री खुला गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array