नेपालको रैथाने फल ‘लप्सि’ को व्यवसाय फस्टाउदै, लप्सीबाट के के बन्छ ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ आश्विन २०७९, मंगलवार
6 Min Read
Aa

काठमाडौं– पछिल्लो केही वर्षयता नेपालमा लप्सी खेती गर्नेहरु बढिरहेका छन् ।देशका विभिन्न क्षेत्रमा लप्सि खेतीबाट किसानले राम्रो आम्दानी गरेका छन् । साना तथा घरेलु उद्योगले विभिन्न किसिमको परिकार उत्पादन गर्छन  । सिन्धुपाल्चोक जिल्लाको ठूलो सिरुबारी, ईर्खु, मार्मिङ, ठोकर्पा, कालिका, मेलम्ची, ज्यामिरे, शिखरपुर, कुञ्चोक र नवलपुरमा लप्सीजन्य वस्तु उत्पादनका घरेलु व्यवसाय सञ्चालनमा   छन् ।

त्यसैगरि लप्सिको राम्रो उत्पादन काठमाडौंको दक्षिणकालि नगरपालिकामा हुने गरेको छ । यहाँको लप्सि कालीमाटिमा जानुको साथै ठेकेदारले बोटमै अग्रिम अडर दिएर किन्ने घरको कृष्णराम थापा मगरले बताए । उनका अनुसार ‘प्रत्येक घरमा लप्किा केहि बोट हुन्छन्, एउटा घरपरिवारले २० हजार देखि १ लाख रुपैयासम्म लप्सि बेचेर मात्र आम्दानी गर्छन,’ उनले भने । एक चोटि रोपेपछि बर्षे पच्छिे आम्दानी दिइरहने र खासै स्याहार  गर्नुनपर्ने उनले बताए । पहाडि इलाका भिर पाखामा लप्सि खेती गरेमा खेर गएको जमिनबाट पनि मनग्गे आम्दान गर्न सकिने उनको धारणा छ ।
कालीमाटी तरकारी बजारका अनुसार पुर्वी पहाडि भेगबाट लप्सि बजारमा आउने गरेको बताएको छ । । पहिले भन्दा लप्सिको माग बढिरहेको पनि कालीमाटी तरकारी बजारले जानकारी दिएको छ ।
लप्सिको सिर्जन असोज देखि चैतसम्म हुने गर्छ । लप्सिबाट उद्योगहरुले क्यान्डी, अचार, तितौरा, झोलपाउँ, पातपाउँ, लप्सी पाउडर, मःम सुप, छोएला पाउँजस्ता वस्तु उत्पादन गर्दै आइरहेको सिन्धुपाल्चोकको सिन्धु विकास केन्द्र (सिडेक) का अध्यक्ष राजकुमार भण्डारी बताए ।

सिन्धुपाल्चोकको २७० हेक्टर जमिनमा दुई हजार एक सय मेट्रिकटन लप्सी साविकका ४७ गाविसबाट उत्पादन हुने गरेको बताइएको छ । उत्पादित लप्सीमध्ये छ लाख केजी जिल्लामा सञ्चालित उद्योगले नै प्रशोधन गरी विभिन्न किसिमका परिकार बनाउने गरेको उक्त केन्द्रको तथ्याङ्कमा उल्लेख छ । केन्द्रका अनुसार जिल्लाबाट प्रत्येक वर्ष रु दुई करोड ५२ लाखको लप्सी बाहिरिने गरेको छ ।

जिल्लामा खपत हुन नसकेको लप्सी काभ्रेको साँगा भञ्ज्याङका साथै राजधानीका विभिन्न ठाउँमा बिक्री वितरण गरिँदै आएको सिडेकले जनाएको छ । विसं २०६५ देखि ईर्खुमा सिन्धु लप्सी उद्योग सञ्चालन गरिरहेका जीतबहादुर गिरीले वार्षिक रु तीन लाखको कारोबार गर्दै आएको बताएका छन् ।

ठूलो सिरुवारीको सिन्धु लप्सी तथा अदुवा प्रशोधन केन्द्रले वार्षिक आँठदेखि रु १० लाख बराबरको लप्सीजन्य परिकार उत्पादन गर्दै आइरहेको केन्द्रका सहयोगी देवीप्रसाद दुलाल बताउछन् ।

उनका अनुसार यसको बजार राम्रो भएकाले अब वृहतरुपमा लैजाने केन्द्रको कार्यक्रम छ । लप्सीजन्य वस्तु उत्पादनले रोजगारीको अवसर जुट्नुका साथै आम्दानीको गतिलो माध्ययम भएपछि मेलचौर, साँगाचोक, ज्यामिरे र शिखरपुरमा ब्यवसायीकरुपमै यसको खेती गरिएको लघु उद्यमीसङ्घका उपाध्यक्ष दोकदोक तामाङ जानकारी दिन्छन् ।

लप्सी विशेषगरी नेपालमा पाइने फल हो । यो २९ पहाडी जिल्लामा पाइन्छ । यसका धेरै परिकार बन्न थालेपछि यसको माग बढ्न थालेको छ । बहुआयामिक रूखको प्रजातिमा पर्ने लप्सी घाँस, काठ र फलका लागि पनि उत्तिकै महत्वपूर्ण छ । लप्सी पर्वतमा वार्षिक सय टन उत्पादन हुन्छ । विश्वमा नेपाललाई चिनाउने प्रमुख फलका रूपमा लप्सीलाई लिइन्छ । त्यसैले, नेपाली हुलाक टिकटमा यसलाई समावेश गरिएको छ । लप्सी औषधीय गुणले युक्त छ । स्वस्थ शरीरलाई चाहिने २१ भन्दा बढी तत्व यो फलमा पाइन्छ ।  लप्सी फूल नफुलुन्जेल भाले–पोथी छुट्याउन सकिन्न । तसर्थ बिरुवा कलमी गर्दा पोथी धेरै गरिन्छ र भालेलाई सीमित राखिन्छ ।

लप्सिबाट बन्ने परिकारहरु

  • लप्सीको जुस संसारभर लोकप्रिय छ । नेपालमा यसलाई अचारको रूपमा बढी प्रयोग गरिन्छ । लप्सीको अचारले व्यावसयिक रूप लिइसकेको छ । विभिन्न ब्रान्डमा पाइने यो अचार विदेशमा पनि निर्यात हुने गरेको छ । विदेशीले लप्सीको अचार खुबै मन पराउने गरेका छन् ।
    लप्सीको पाउँ पनि बन्छ । पिरोसँगै मीठो स्वादमा पाइने पाउँको बजार विस्तार भएको छ । भारतसँगै विभिन्न देशमा नेपाली लप्सीको पाउँको माग बढेको छ ।
    लम्सीको माड घरायसी परिकारका लागि उपयोगी मानिन्छ । लप्सीलाई उसिनेर बोक्रा र दाना फ्याँकेर माड निकालिन्छ । यसलाई सुकाएर बेच्नसमेत सकिन्छ । माडले आलु र मःमको अचारलाई स्वादिष्ट बनाउँछ ।
    लप्सीको धुलो विभिन्न ब्रान्डमा उपलब्ध हुन्छ । जुन घरेलु अचारमा प्रयोग गरिन्छ । लप्सीको लस्सी पनि मीठो मानिन्छ ।
    नेवारी कुजिनमा लप्सीको प्रयोग अनिवार्य छ । लप्सीको माड र बिरेनुन हालेर बनाइने एक पेय पदार्थ भोज–भतेरमा धेरै नै प्रयोग हुन्छ । जसले खाना पचाउने काम गर्छ । पछिल्लो समयमा लप्सी क्यान्डी पनि प्रचलन आएको छ ।
    गणेश चतुर्थीका दिन भारतको गोवामा लप्सी करी बनाइन्छ । पिरो, गुलियो र अमिलो हुने यो करी धेरैले मन पराउँछन् । यसको व्यापार सिजनमा निकै चल्छ ।
    लप्सीलाई जाम बनाउन अत्यधिक प्रयोग गरिन्छ । युरोपतिर लप्सीलाई ससको रूपमा रेसेपी सेट गरिएको हुन्छ । हग प्लब ससका नाममा विभिन्न ब्रान्डमा उपलब्ध छ ।

लप्सी सेवनका फाइदा

  • लप्सीमा भिटामिन र खनिज पर्याप्त प्रशस्त पाइन्छ । जसले गर्दा हड्डी बलियो बनाउन सहयोग पुग्छ ।
    शरीरमा हेमोग्लोबिन उत्पादन गर्न प्रमुख भूमिका खेल्छ ।
    हाम्रो शरीरका मांसपेशी मजबुत र कसिलो बनाउन मद्दत गर्छ । साथै, तौल व्यवस्थापनमा यो उपयोगी हुन्छ ।
    नियमित लप्सी सेवनले क्यान्सरबाट जोगाउन सहयोग पुग्नुका साथै यो स्किन केयरका लागि पनि उपयोगी हुन्छ ।
    रगत सफा गर्नेसँगै रक्तसञ्चारमा पनि लाप्सीले उपयुक्त भूमिका खेलेको हुन्छ ।
    पोषण तालिकाअनुसार सय ग्राम लप्सीमा २९ क्यालोरी हुन्छ । तर, कार्बोहाइडेड, प्रोटिन र फ्याट शून्य हुन्छ । २९ क्यालोरीबाट उत्पन्न हुने शक्तिबाट १० मिनेट सरसफाइ, ४ मिनेट साइक्लिङ र दुई मिनेट दौडमा खर्च गर्न पर्याप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array