आजको मौसम: बागमतीसहित चार प्रदेशमा वर्षाको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa
mahusam

काठमाडौँ – आज देशभर बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश–१, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा वर्षाको हुने सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षा हुने देखिएको छ । लुम्बिनीका एकरदुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ ।

राति लुम्बिनी लगायत देशका पहाडी भू–भागका थोरै स्थान र बाँकी भू–भागका एकरदुई स्थानमा वर्षाको सम्भावना रहेको छ । बुधबार लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: