महिला साफ: नेपाललाई हराउँदै बंगलादेश बन्यो च्याम्पियन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं–
नेपाललाई पराजित गरी घरेलु मैदानमा साफ महिला च्याम्पियनसिपको ऐतिहासिक उपाधि बङ्लादेशले हात पारेको छ । संविधान दिवसका दिन १६ हजार समर्थकमाझ उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रिएको नेपाल बंगलादेशसँग ३–१ ले पराजित भयो ।
नेपाली महिला फुटबलको ३६ वर्षे अन्तर्राष्ट्रिय इतिहासमा राष्ट्रिय टिम फाइनलमा पराजित भएको यो १० औं पटक हो ।नेपालले सन् १९८६ मा हङकङमा भएको एएफसी वुमन्स च्याम्पियनसिपबाट अन्तर्राष्ट्रियस्तरमा डेब्यू गरेको हो । नेपालले सन् १९८९ र १९९९ मा पनि एसियन च्याम्पियनसिप खेलेको थियो ।
१०‌ औं फाइनलमा पराजित भएको नेपाल अहिलेसम्म भारतसँग ७ पटक तथा बंगलादेश, म्यानमार र उज्वेकिस्तानसँग एक–एक पटक हार व्यहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: