काठमाडौं–
नेपाल टेलिकमको इम्बेडेड सिम (इ–सिम) को माग बढेपछि भोलीदेखि अन्य स्थानहरुबाट पनि सिमकार्ड वितरण गर्ने भएको छ। टेलिकमले असोज ४ गतेबाट नक्साल, चाबहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी कार्यालयबाट पनि इ–सिम वितरण गर्ने भएको हो । यसअघि टेलिकमले सुन्धारामा रहेका ग्राहक सेवा केन्द्रबाट मात्रै सिमकार्ड बिक्री गरिरहेको बताएको छ ।
टेलिकमले आफूसँग यथेष्ट संख्यामा इ–सिमको मौज्दात रहेको पनि जनाएको छ। मोबाइल सेटमा इ–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ। क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र इ–सिम प्रयोग गर्न सकिन्छ।
पहिले आफ्नो मोबाइल सेटमा इ–सिम चल्ने–नचल्ने यकिन गरेर मात्र इ–सिमका लागि कम्पनीका ग्राहक सेवा केन्द्रमा पुग्ने टेलिकमले आग्रह गरेको छ। यसका लागि आफ्नो मोबाइलबाट *#०६# डायल गर्नुपर्ने टेलिकमले जनाएको छ।
डायल गर्दा इआइडी लेखिएको संकेतसहित नम्बरहरु देखियो भने उक्त सेटमा इ–सिम चल्ने टेलिकमले जनाकारी दिएको छ।
इ–सिम को माग उच्च, सुन्धारासहित अन्य ७ स्थानबाट बिक्री हुने

प्रतिक्रिया दिनुहोस्