एकीकृत समाजवादीले बुझायो बन्द सूची

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूची पेस गरेको छ । एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरका अनुसार सोमबार निर्वाचन आयोगमा प्रतिनिधिसभातर्फ १ सय १० र प्रदेशसभातर्फ २ सय २० जनाकै नामावली बुझाइएको छ ।

उनले अहिले बुझाइएको नाममा फेरबदल हुनसक्ने बताए । समानुपातिकतर्फ १५ सिट ल्याउने पार्टीको योजनासमेत रहेको उनले बताए । उनले आफ्नो नाम समानुपातिक सूचीमा रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Array